Like us!
Follow us!
Connect us!
Watch us!

स्क्वायर सहकारीको ७ करोड अपचलनको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १० : ५७ मा प्रकाशित

स्क्वायर सहकारीको ७ करोड अपचलनको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धानबाट सहकारीको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्ष निकाल्दै अध्यक्ष काठमाडौं महानगरपालिका १४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं महानगरपालिका २५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं महानगरपालिका २६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरेको हो ।

अध्यक्ष जोशीसहित तीनै जनालाई शुक्रबार नियन्त्रणमा लिइएको र आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको, तर पछि बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता नगरेको पाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको