Like us!
Follow us!
Connect us!
Watch us!

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, ११ : ५९ मा प्रकाशित

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय हुने फैसला भएको छ । काठमाडौं  जिल्ला अदालतले सोमबार बलात्कार मुद्दामा गिरीलाई ७ वर्षको जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

रावलले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष गर्दै आएकी थिईन । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ एक देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।

सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको