Like us!
Follow us!
Connect us!
Watch us!

गिरीबन्धु टी स्टेटको ७ बुँदे प्रष्टीकरण: स्थानीयको दबाब भयो, सबै दलको सहमति लिएर बगान सार्न खोजिएको हो

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १२ : ०४ मा प्रकाशित

गिरीबन्धु टी स्टेटको ७ बुँदे प्रष्टीकरण: स्थानीयको दबाब भयो, सबै दलको सहमति लिएर बगान सार्न खोजिएको हो

झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला प्रकरणको विषयमा ७ बुँदे प्रष्टीकरण जारी गर्दै स्थानीय जनताको दबाबले बगान सार्न खोजिएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी गिरीबन्धु टी स्टेटले बगान सार्न सबै दलको सहमति भएको समेत दाबी गरेको छ ।

टी स्टेटले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ ।

‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय जनतासँग राजनितीक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा(पट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा उल्ले छ ।

गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ ।

66693f74402f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको