Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य चौकीको फ्रिजभित्र बियरका बोतल,नगरप्रमुख नै अचम्ममा

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १६ : ३६ मा प्रकाशित

स्वास्थ्य चौकीको फ्रिजभित्र बियरका बोतल,नगरप्रमुख नै अचम्ममा

अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर हेर्दा ‘फ्रिज’ मा तीन वटा बियरका बोतल राखेका पाइएको हो । 

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेसँगै चौतर्फी विरोध समेत भएको छ । बियरका बोतल राख्नमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ ।  

स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टले बताएका छन्  ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए ।

सोही अनुगमनका क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको