Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०७ : ०६ मा प्रकाशित

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।

बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको