Like us!
Follow us!
Connect us!
Watch us!

अपर हेवाखोलाले डाक्यो यस अघि स्थगन गरेको वार्षिक साधारण सभा

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ०७ : ५७ मा प्रकाशित

अपर हेवाखोलाले डाक्यो यस अघि स्थगन गरेको वार्षिक साधारण सभा

अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले यस अगाडी स्थगित गरेको वार्षिक साधारण सभाको मिति पुनः तोकेको  छ । 

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा असार २६ गते बोलाएको हो। कम्पनी यस अगाडी  चैत १६ गते सभा बोलाएको थियो तर विशेष कारण भन्दै स्थगित भएको थियो । 

कम्पनीले असार २६ गते काठमाण्डौको गौशालामा रहेको तारकेश्वर पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो। 

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब छलफल गर्दै पारित गर्नेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ । 

तेस्तै,सभाले उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्धित वा निमांणाधिन जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव अगाडी सारेको छ। 

यो बाहेक सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालको निर्वाचन हुनेछ । त्यस्तै, सञ्चालक समितिबाट नियुक्ति गरिएको स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि गत फागुन २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको