Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंक र क्लासिक सुट्स ट्रेर्डस बीच विशेष छुट सम्झौता

अर्थ संसार

बुधबार, १२ असार २०८१, १६ : ३६ मा प्रकाशित

प्राइम कमर्सियल बैंक र क्लासिक सुट्स ट्रेर्डस बीच विशेष छुट सम्झौता

प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्लासिक सुट्स ट्रेर्डस बीच छुट सम्झौता भएको छ ।

कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड भलवारी शाखाका शाखा प्रमुख ध्रुब  भण्डारीले बताए ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई क्लासिक सुट्स ट्रेर्डसमा स्कुल,कलेज ,अफिस डे«स,दौरा सुरुवाल लगायत बिभिन्न कपडा सिलाउन तथा रेडिमेड ब्लेजर खरिद गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

प्राइम कमर्सियल बैंक भलवारी शाखा मार्फत तिलोत्तमा–५ स्थित लुम्बिनी आई केयर अप्टिकल एण्ड कन्ट्याक्ट लेन्स क्लिनिक तथा तिलोत्तमा–७ स्थित सुनगाभा रिर्सोट बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार रिर्सोटमा बैंकका कर्मचारी र ग्राहकहरुलाई खाना र कोठामा १० प्रतिशत छुट प्रदान गरिनेछ। साथै लुम्बिनी आई केयरमा कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ । सम्झौता अनुसार मोतीयाबिन्दुको शल्यक्रिया ९ प्रतिशत,सर्जरीमा १० प्रतिशत, पेट्रीजियम सर्जरीमा १० प्रतिशत, चालाजयिन सर्जरीमा १० प्रतिशत, अप्टिकल फ्रेममा १५ प्रतिशत, ब्रांकेड लेंसद्वारा जीस, होया, सिक्रोनी र एस्सिलोरमा ३ प्रतिशत, रेगुलररलोकल लेन्समा ५ प्रतिशत र प्रिस्क्रिप्शन कन्ट्याक्ट लेन्समा ४ प्रतिशत छुट प्रदान गरिनेछ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको