Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जाको १:१ हकप्रदमा आवेदन दिन कहिले सम्म सेयरधनी बन्ने?

अर्थ संसार

मंगलबार, ११ असार २०८१, ०८ : ५५ मा प्रकाशित

हिमालयन उर्जाको १:१ हकप्रदमा आवेदन दिन कहिले सम्म सेयरधनी बन्ने?

नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्न हिमालयन उर्जा कम्पनी लिमिटेडलाई स्वीकृति दिएसंगै कम्पनीले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्न असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर्सथ,असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

बोर्डले असार ७ गते कम्पनीलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति दिएको थियो। 

हाल कम्पनीको कायम चुक्तापूँजी ९९ करोड रुपैयाँ बराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । तर कम्पनीले हकप्रद निष्कासन मिति भने कम्पनीले तय गरेको छैन।\

=

हकप्रद निष्कासन मिति भने कम्पनीले तय गरिसकेको छैन। हिमालयन ऊर्जाको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको