Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब ३३ अर्ब बीमा शुल्क, कुनको कति ?

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १४ : ३९ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब ३३ अर्ब बीमा शुल्क, कुनको कति ?

चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले आज गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीले ११ महिनामा १ खर्ब ३३ अर्ब ६२ करोड र ३ वटा लघु जीवन बीमा कम्पनीले १३ करोड २७ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

कम्पनीहरुले प्रथम बीमा शुल्क २७ अर्ब ७० करोड र नबीकरण शुल्क १ खर्ब ६ अर्ब ५ करोड रुपियाँ संकलन गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ

त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ७ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ५ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको