Like us!
Follow us!
Connect us!
Watch us!

अर्को मौदिक नीति खुकुलो आउँछ,जसले समग्र सेयरबजार उत्साहित हुन्छ : अर्थमन्त्री पुन

अर्थ संसार

मंगलबार, ११ असार २०८१, ०८ : २० मा प्रकाशित

अर्को मौदिक नीति खुकुलो आउँछ,जसले समग्र सेयरबजार उत्साहित हुन्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकार पुंजीबजार प्रति सकारात्मक रहेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरु रामहरि खतिवडा, रोशन कार्की र हरि ढकालले उठाएका प्रश्नहरुको उत्तर दिदैं उनले सरकार निरन्तर राष्ट्र बैंकसँग संवादमा रहेको र आर्थिक वर्षको पहिलो साता आउने मौद्रिक नीतिमा केहि नीतिहरु खुकुलो बनाएर जाने छलफलमा रहेको जानकारी गराए। 

उनले भने, ' अर्को मौदिक नीति खुकुलो आउँछ,जसले समग्र सेयरबजार उत्साहित हुन्छ र फेरि पनि सेयरबजार लयमा फर्किन्छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको