लेख्न मन लाग्यो,
झन्डै झन्डै ६३ लाखको सङ्ख्यामा डिम्याट खाता पुगि सकेको छ। पुंजी बजारलाई नियन्त्रण होइन राम्रो सँग नियमन गरेर मलजल गर्ने हो भने मात्र पनि दैनिक ५० अर्बको कारोबार राज्यले गराउन सक्छ। यो कारोबारबाट मात्र पनि राज्यले दैनिक करोडौ राजस्व उठाउन सक्छ।
खोइ र बुझेको ?
संसार कहाँ बाट कहाँ पुगिसक्यो, छिमेकी इन्डेक्सहरु दिनानुदिन उकालो लाग्दै छन, यता भने कसरी हुन्छ लगानीकर्ता भड्काउने, एकोहोरो, अस्थिर नीति नियम बनाउने!
अझै हरेक मन्त्रालय तथा राज्यका निकायमा कोइ यस्ता कर्मचारी छन जो २० औँ वर्ष देखि जरा गाडेर बाहिरी दुनिया केही थाहा छैन,आफ्नो सरकार भएको बेला माथिका सरहरुले फ्याट्ट छिराइदिहाल्छन।
विषयको ज्ञान हुनै परेन,अनि सधै नकारात्मक स्कुलिङ गर्यो हो जस्तै दुरुस्तै बनाइदिने, दुई दिन आउने मन्त्रीज्युलाई के था!
नजिकै छिमेकी देश भारतमा लगानीकर्तालाई प्रधानमन्त्री जस्तो व्यक्ति घरमा गएर हामीले के गर्नुपर्छ तयार छौ भन्छन, अनि पो देश बन्छ त! यता हेरौ यौटा राजनितिक नियुक्तिधारी व्यक्ति आउंछन, यो क्षेत्रमा कर्जा बढि गयो भन्दै सिमा तोक्छन, ए बाबा हेर्ने नै हो भने पनि जम्मा ल्यान्डिङको २ प्रतिशत हाराहारी पनि छैन कर्जा अनि कसरी बढि भयो, सारै सानो सोचाइले बनेका नीति नियमले देश त बन्दै बन्दैन, आफ्नो भएको हाइट पनि पक्कै घटाउँछ।
पुंजी बजार बढेर देशलाई घाटा होइन नसोचेको फाइदा हुन्छ! जनता धनि हुनु भनेको देश धनि हुनु हो, र ख्याल राख्नु पुंजी बजारमा सुधार नआइकन देशको समग्र आर्थिक अवस्थामा कदापी सुधार आउँदैन। र हाल पुंजीबजारका खलनायकहरुलाई जनताले फोटो खिचेर राखेका छन! हिसाब किताब त होला नै।
जय पुंजी बजार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस