Like us!
Follow us!
Connect us!
Watch us!

खारेज हुने बाटोमा सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया,महान्यायाधिवक्ताको पत्रले थप्यो अन्योल

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १२ : ०८ मा प्रकाशित

खारेज हुने बाटोमा सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया,महान्यायाधिवक्ताको पत्रले थप्यो अन्योल

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लिखित राय दिएको छ । महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएसँगै अध्यक्ष नियुक्ती प्रक्रिया थप अन्योलमा परेको छ ।

कानूनमै दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भनेको र बाँकी विषय भने छनौट समितिले नै निर्णय गर्न उपयुक्त हुने राय पनि महान्यायाधिवक्ता कार्यालयले दिएको छ । 

बोर्ड अध्यक्ष बन्न दौडमा रहेका १९ जनामध्ये सर्ट लिस्टमा परेका ५ जनालाई असार २ गते अन्तरवार्ताका लागि बोलाईएको थियो । पाँच जना सर्टलिष्ट भएका मध्ये तीन जना प्रस्तुतिकरणमा नै सहभागी भएनन् । डा. नबराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्ण बहादुर कार्कीले मौखिक परिक्षा बहिस्कार गरेका थिए । सेटिङमा कुनै उम्मेदवारलाई अध्यक्ष बनाउन खोजिएको सामाचारहरु सार्वजनिक भएपछि पाँच मध्ये ३ जना प्रतिष्पर्धीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्ण बहादुर कार्कीले अन्तरवार्ता बहिष्कार गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको