Like us!
Follow us!
Connect us!
Watch us!

महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न: तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो  ?

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १२ : ०० मा प्रकाशित

महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न: तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो  ?

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक  तथा पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए । 

उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको