Like us!
Follow us!
Connect us!
Watch us!

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

बुधबार, ०५ असार २०८१, ०७ : ४४ मा प्रकाशित

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ  । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 

असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीको जारी जी रकम रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार सेयर पूँजी बराबरको रु.१०० अंकित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने कम्पनीले जनाएको छ । 

यस कम्पनीमा  चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा रहेको छ।यस कम्पनीले का.म.पा. १४, पुंजी बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको छ । कम्पनिले उक्त जग्गामा व्यापरिक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीको जानकारी दिएको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीको योजना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको