Like us!
Follow us!
Connect us!
Watch us!

भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १९ : १० मा प्रकाशित

भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएका छन् ।  राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । पौडेल नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् । 

राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । 

सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको