Like us!
Follow us!
Connect us!
Watch us!

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा,बचतकर्ताको ४ अर्ब बचत अपचलन

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ११ : २२ मा प्रकाशित

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा,बचतकर्ताको ४ अर्ब बचत अपचलन


भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई समस्याग्रत घोषणा गरेको हो ।

मन्त्रालयले सहकारी विभागको नियमनभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेका कारण सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसापको लागि सोही ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।

सहकारीका सञ्चालक डम्बरबहादुर बम्जन तामाङ र पूर्वसञ्चालकले सर्वसाधारणको साढे ४ अर्ब रुपैयाँ बचत तथा सेयर अपचलन गरेका थिए । सहकारीमा लामो समय हालीमुहाली गरेका डम्बरबहादुर र तेजबहादुरले सहकारीबाट १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ बढी ऋण लिएर नतिरेपछि सहकारी संस्थाभित्र समस्या देखिएको थियो । 

सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ समेत सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा अहिले जेलमा छन् ।

डम्बरबहादुर बम्जन सहकारीका संस्थापक हुन् । उनले लामो समय यस सहकारीको नेतृत्व गेका थिए । तर, सहकारी संस्थाको सेयर सदस्यसमेत नरहेका तेजबहादुरले दाई डम्बरबहादुरको आडमा विभिन्न शीर्षकमा २०६७ सालमा लिएको ऋण अहिले ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव रहेका तेजबहादुरविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरीको फरार सूचीमा छन् ।

सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको