Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी चौकीमै १७ वर्षीया किशोरी बलात्कृत,प्रहरी जवान पक्राउ

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १४ : ०१ मा प्रकाशित

प्रहरी चौकीमै १७ वर्षीया किशोरी बलात्कृत,प्रहरी जवान पक्राउ

१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् । उनी प्रहरी चौकी भार्तामा कार्यरत थीए । 

१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुर प्रहरी कार्यालयलले जानकारी दिएको छ । प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।

जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

जवान बोट र नाबालिकाबीच ७ ८ महिना अगाडिदेखि नै चिनाजान भएको प्रहरीले जनाएको छ । नाबालिका बस्ने छात्राबासकी एक महिलाले बोटले पठाएको प्रेम पत्र भेटेपछि सोधपुछ गर्दा उनीमाथि भएको घटना बाहिर आएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको