Like us!
Follow us!
Connect us!
Watch us!

तीन घरमा आगलागी, ३५ लाखको क्षति

बुधबार, २० मंसिर २०७४, ११ : १२ मा प्रकाशित

तीन घरमा आगलागी, ३५ लाखको क्षति

अर्थ संसार, ताप्लेजुङ– ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

विद्युत् प्रवाह भई आगलागी हुँदा उक्त गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दिउँसो करिब ३ः३० बजेको समयमा देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी शुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा करिब रु ३५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ । विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतका सामग्री वितरण गर्ने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको