Like us!
Follow us!
Connect us!
Watch us!

६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष भण्डारी पक्राउ

अर्थ संसार

शनिबार, १५ असार २०८१, १७ : ५३ मा प्रकाशित

६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष भण्डारी पक्राउ

लालीगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टिलीले गएराति बालुवाटारको एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।  उनीविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउपछि अपराध अनुसन्धानको टोलीले भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ। 

सहकारीको केन्द्रीय कार्यालय ललितपुरमा रहेको र बचतकर्ताहरूले त्यहीँ उजुरी दिएकाले आवश्यक अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले भण्डारीलाई ललितपुर प्रहरीमा बुझाएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको