Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीका कागजात

अर्थ संसार

आइतबार, १६ असार २०८१, १७ : ४५ मा प्रकाशित

संसदीय विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीका कागजात

सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

आइतबार बसेको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठकले समितिको कार्यादेश अनुसूची-१ मा समावेश २०  सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

संसदीय विशेष समितिका सभापति सूर्य थापाले तीनै जनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेको बताएका छन् ।

गत जेठ १५ मा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको