Like us!
Follow us!
Connect us!
Watch us!

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०८ : १९ मा प्रकाशित

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ। 

त्यस्तै यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको