Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले राजनीतिक दलसँग सुझाव माग्ने

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १६ : ४१ मा प्रकाशित

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले राजनीतिक दलसँग सुझाव माग्ने

सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ। 

मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, वचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो।

छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको