Like us!
Follow us!
Connect us!
Watch us!

कटहरिया नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

विहीबार, २० असार २०८१, २१ : ४७ मा प्रकाशित

कटहरिया नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख (मेयर) अजय प्रकाश, नगर उप–प्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूविरुद्ध बिहीबार १२ लाख ५२ हजार ९४१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, इन्जिनियर मोहम्मद मकसुद आलम, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कटहरिया नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवन निर्माणमा अनियमितता भएको हो । आर्थिक वर्ष २०७८–७९ मा टायल्सको काम गर्दा रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमानबमोजिम काम नगरी अनियमितता भएको अख्तियारको ठहर छ ।

‘उपभोक्ता समितिमार्फत निर्माण गर्ने गरी योजना सम्झौता गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्गमिटर रहेकोमा फिल्डमा ७२०.८१ वर्गमिटर मात्र रहेको देखिएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ । 

फिल्डमा भएको कार्यभन्दा बढी परिमाण ४७३.६० वर्गमिटरको १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी दिई अनियमितता गरिएको अभियोगपत्रमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको