Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरी बलले माग्यो कर्मचारी, साउन २७ गतेसम्म आवेदन दिन सकिने

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १२ : २२ मा प्रकाशित

सशस्त्र प्रहरी बलले माग्यो कर्मचारी, साउन २७ गतेसम्म आवेदन दिन सकिने

सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेकाे छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

बलले रिक्त रहेको साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न भर्ना खुलाएको हो ।

बलले कानूनमा ८ जना, लेखामा २९ जना र प्राविधिकतर्फ ११ जना गरी जम्मा ४८ जनाका लागि दरबन्दी खुलाएको छ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन २० गतेसम्म र दोब्बर दस्तूर तिरी साउन २७ गतेसम्म अनलाईन मार्फत वा स्वयं उपस्थित भई दरखास्त फाराम बुझाउन सकिनेछ ।

668794fd3a69e.webp

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको