Like us!
Follow us!
Connect us!
Watch us!

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, २० : ५८ मा प्रकाशित

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ । 

66880dc77c6aa.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको