Like us!
Follow us!
Connect us!
Watch us!

मनोज गजुरेलको घरमा गएर गुण्डागर्दी गर्ने मिना ढकाल प्रहरी नियन्त्रणमा

अर्थ संसार

आइतबार, २३ असार २०८१, १३ : १९ मा प्रकाशित

मनोज गजुरेलको घरमा गएर गुण्डागर्दी गर्ने मिना ढकाल प्रहरी नियन्त्रणमा

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् ।  मनोज गजुरेलको घरमा केही केटाहरु लिएर गएर गुण्डागर्दी गरेकी मीनालाई भक्तपुर प्रहरी परिसरको टोलीले आइतबार बिहान  नियन्त्रणमा लिएको हो। ।

केटाहरु लिएर मनोजको घरमा ताला लगाउने प्रयास गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

ढकाल बिहानै मनोजको बालकोटस्थित घरमा पुगेकी थिइन्। त्यतिबेला गजुरेल भने घरमा थिएनन्।  त्यहाँ ढकालको गजुरेलका परिवारसँग विवाद पनि भएको थियो।

प्रहरीले ढकाललाई साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ।

मीनाले मनोज गजुरेलसँग सम्बन्धविच्छेद गरिसकेपछि पनि उनको परिवारविरुद्ध नकारात्मक कुराहरु बोलिरहने र मानसिक तनाव दिने गर्दै आएकी छिन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको