Like us!
Follow us!
Connect us!
Watch us!

बाम गठबन्धनको जितलाई सेयर बजारले पत्याएन

आइतबार, २४ मंसिर २०७४, १५ : २९ मा प्रकाशित

बाम गठबन्धनको जितलाई सेयर बजारले पत्याएन

अर्थ संसार, काठमाडौं– केही दिन अघिसम्म लगानीकर्ताको आशा थियो, चुनवापछि सेयर बजारले छलाङ्ग मार्नेछ ।

तर त्यो आशा कल्पनामा सिमित हुन पुगेको छ । देशैभरी वाम एकताको लहर आइरहँदा सेयर बजारले भने आरोलो बाटो समातेको छ ।

आज नेप्से ६.०५ अंकले घटेको छ । यसलाई हेर्दा वामगठबन्धको जितलाई सेयर बजारले नपत्याएको देखिन्छ ।

तर, भोलीको दिनमा के हुने हो त्यो भने बाँकी नै छ । आजको सेयर बजारलाई हेर्दा उत्पाद र अन्य समूह बाहेक अरु सवैउपसमूह राताम्मै भएका छन् । उत्पादन ४०.२४ अंक र अन्य २.०३ अंकले बढेको छ ।

यता बैंक ३.७९ अंक, होटल १४.७८ अंक, विकास ५.४७ अंक, हाइड्रोपावर १३.७२ अंक, फाइनान्स ८.४५ अंक , इन्स्योरेन्स ७२.८२ अंक र माइक्रोफाइनान्स २०.३४अंकले घटेको छ ।

१ सय ५८ वटा कम्पनीको १२ लाख १२ हजार ७ सय ८० कित्ता सेयर खरिदविक्रीहुँदा ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

5a2d0658146c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको