Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सले IPO निष्काशन गर्ने

सोमबार, २५ मंसिर २०७४, ११ : ४३ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले IPO  निष्काशन गर्ने

अर्थ संसार, सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने  भएको छ ।

कम्पनीले चुक्ता पूँजी वृद्धिको लागि निकट भविष्यमै ७५ करोड रकम बराबरको सेयर निष्काशन गर्ने तयारी गरीरहेको कम्पनीले जनाएको छ ।

अधिकृत पुंजी  ३.० अर्ब र जारी पुंजी .२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.७५ अर्ब चुक्ता पुंजी रहेको छ ।

यस कम्पनीले  निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी सेयर जारी गरी चुक्ता पुंजी २.५० अर्ब पुर्याउने कम्पनीले तयारी गरिरहेको छ ।

अब कान्तिपथमा सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपालउ द्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डले शाखाको उद्घाटन गर्नु भएको हो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

२०७४ साल कार्तिक २ गते लक्ष्मी पूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले यस अघिनै ब्राण्ड एम्बेसडरको रुपमाूमहजोडीूलाई अनुबन्धीत गरिसकेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरुरहेका छन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको