Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाको राष्ट्रिय ऋण ३५० खर्ब डलरमाथि

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ११ : २४ मा प्रकाशित

अमेरिकाको राष्ट्रिय ऋण ३५० खर्ब डलरमाथि

 विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र भएको अमेरिकाको ऋण दिनहुँ बढिरहेको छ । अमेरिकाको संघीय सरकारको कूल कर्जा ३५० खर्ब डलरमाथि उक्लिएको छ । त्यहाँको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरे को तथ्याङ्कले यस्तो देखाएको हो ।यो तथ्यांक हरेक व्यवसायिक दिनको अन्त्यमा अपडेट हुन्छ ।

सात महिना अघि सन् २०२३ को डिसेम्बरको अन्त्यतिर अमेरिकाको राष्ट्रिय कर्जाले ३४० खर्ब डलरको स्तर पार गरेको थियो । त्यो भन्दा तीन महिना अघि मात्रै कर्जाको आकार ३३० खर्ब डलर माथि उक्लिएको थियो । जोखिम र चेतावनीका सङ्केतहरू देखिरहँदा पनि सबैलाई बेवास्ता गर्दै निरन्तर कर्जा बढाइरहेको सङ्घीय बजेटका लागि जिम्मेवार समितिकी अध्यक्ष माया म्याकगुनिजले एउटा विज्ञप्तिमा बताएकी छिन् ।

 

 कर्जाको अवस्थाबारे आफूहरू चाँडै नै गम्भीर बन्नु पर्ने उनको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको