Like us!
Follow us!
Connect us!
Watch us!

बलिवुड फिल्म कल्कि २८९८ एडीले कति कमायो ?

अर्थ संसार

विहीबार, १७ साउन २०८१, २१ : १५ मा प्रकाशित

बलिवुड फिल्म कल्कि २८९८ एडीले कति कमायो ?

 बलिवुड फिल्म कल्कि २८९८ एडी रिलिज भएको एक महिनाभन्दा बढी भइसक्यो, तर पनि फिल्मले बक्स अफिसमा आफ्नो पकड कायम राखेको छ । फिल्मले अहिलेसम्म कैयौं कीर्तिमान आफ्नो नाममा राखेको छ । अहिले पनि यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सफल भईरहेको छ । 

कल्कि २८९८ एडीमा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन्। यसले भारतीय बक्स अफिसमा ९५.३ करोडको कलेक्सन गरेर शुरुवात गरेको थियो । योसँगै फिल्मले पहिलो हप्तामा कुल ४१४.८५ करोड भारुको व्यापार गरेको थियो ।

योसँगै दोस्रो हप्तामा पनि यो फिल्मले सफलताको झण्डा फहराएको देखिएको छ । दोस्रो हप्तामा १२८.५ करोडको व्यापार गरेर धेरै फिल्मको कलेक्सनलाई पछाडि छोड्यो । तेस्रो हप्तामा पनि फिल्मको स्थिति बलियो रह्यो र यसले ५६.१ करोड कमाएको थियो ।

चौथो हप्तामा फिल्मको गति सुस्त भएपनि अझै २४.४ करोड कमाएको छ । अब पाँचौं हप्तामा पनि फिल्मको पकड कायमै छ । फिल्मले ३१औँ दिनमा २ करोड ९० लाख कमाएको छ । योसँगै फिल्मले ३२औं दिन ४ करोड र ३३औँ दिन १ करोड ५ लाखको व्यापार गरेको छ । पछिल्लो तथ्यांक अनुसार फिल्मले ३४औं दिनमा ६४ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ६३३.६९ करोड पुगेको छ ।

यो फिल्म शाहरुख खानको जवानबाट केही कदम मात्र टाढा छ । आगामी दिनमा कल्कि २८९८ ले किङ खानको फिल्मलाई पछाडी छोड्ने अनुमान गरिएको छ । जवानले टिकट विन्डोमा सबै भाषाहरू सहित ६४०.२५ करोड रुपैयाँ सङ्कलन गरेको थियो । फिल्मले हिन्दीमा ५८२.३१ करोड, तमिलमा ३०.८ करोड र तेलुगुमा २७.८६ करोड भारुको व्यापार गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको