Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट रू एक करोडको धनमाल नष्ट

मंगलबार, २६ मंसिर २०७४, १२ : ०९ मा प्रकाशित

आगलागीबाट रू एक करोडको धनमाल नष्ट

अर्थ संसार, काठमाडौँ– टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको