Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा

मंगलबार, २६ मंसिर २०७४, १५ : २० मा प्रकाशित

लगानीकर्ता ‘पर्ख र हेर’  को अवस्थामा

अर्थ संसार, काठमाडौं– हिजोआज विश्व बजारले नयाँ उचाइ कायम गरिरहेको अवस्थामा नेपाली सेयर बजार भने ओरालो लाग्ने क्रम जारी छ ।

सफलतापूर्वक सम्पन्न भएको निर्वाचन र सोको परिणामले लागनीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । अब आउने बाम नयाँ सरकाले सेयर बजारमा प्रभाव पार्ने कस्ता नीति ल्याउने हो भन्ने पर्खाइमा लागनीकर्ता रहेको देखिन्छ ।

अब बन्ने वाम गठबन्धनको सरकारले लगानीमैत्री बातावरण र आर्थिक समृद्धिका विषयलाई प्राथामिकता दिने लगानीकर्ताले अपेक्षा गरेका छन् ।

साताको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  नेप्से घटेपनि कारोबार भने अघिल्लो दिनको तुलामा बृद्धि भएको छ । १७.५४ अंकले घटेको बजारमा उत्पादन उपसमूह बाहेक अरु सवै उपसमूह राताम्मै भएका छन् । 

आज बैंक १३.८२ अंक, ट्रेडिङ ३.३ अंक, होटल ४७.८३ अंक, विकास बैंक २२.८१ अंक, हाइड्रोपावर ८.७८ अंक, फाइनान्स १.५२ अंक, इन्स्योरेसन् १६६.१७ अंक, अन्य ७.५२ अंक र माइक्रोफाइनान्स २०.६३ अंकले घटेको छ । यता उत्पादन समूह भने ६.४२ अंकले बढेको छ । 

१ सय ५७ वटा कम्पनीको ११ लाख ८० हजार ५ सय ६३ कित्ता सेयर खरिविक्री हुँदा ६६ हजार ९२ लाख ११ हजार १ सय ८१ रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a2fa4c9e3bb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको