Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघका पदाधिकारी र राजदूत भेरोनीका कोडि बीच भेटवार्ता

मंगलबार, २६ मंसिर २०७४, १६ : ४८ मा प्रकाशित

परिसंघका पदाधिकारी र राजदूत भेरोनीका कोडि बीच भेटवार्ता

 नेपालको व्यवसाय प्रवद्र्धनमा समेत युरोपियन युनियनको सहयोग हुने

अर्थ संसार, काठमाडौं– नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको समुचित आर्थिक विकासका साथसाथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेकी छिन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग परिसंघको सचिवायमा मंसिर २६ गते भएको भेटवार्ताको क्रममा राजदूत कोडिले उक्त विचार व्यक्त गरेकी हुन् ।

भेटवार्ताको क्रममा राजदूत कोडिले नेपालको संविधानको कार्यान्वयनको क्रममा हालै शान्तिपूर्ण रुपमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनपछि देश विकासको सम्भावना र विश्वास लगानीकर्ताहरुमा बढेको आफूले महशुस गरेको र नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनको तर्फबाट सहयोग विस्तारका सम्भावना रहेको धारणा व्यक्त गरेकी छन् ।

भेटवार्ताको क्रममा राजदूत कोडिले नेपालमा युरोपियन युनियन बैँकको सञ्चालनको सम्भावनाको समेत अध्ययन गरिने भएको र यस सन्दर्भमा सम्बन्धित टोलिले निकट भविष्यमा नेपालमा भ्रमण गर्ने कार्यक्रम भएको जानकारी गराएकी थिइन् ।

सो भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई नै अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएकोले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने अपेक्षा परिसंघले लिएको राय व्यक्त गरेका थिए ।

भेटवार्ताको क्रममा अध्यक्ष शर्माले परिसंघले विगत ३ वर्षदेखि युरोपियन युनियनको सहयोगमा नेपालको निकासी प्रवद्र्धनको उद्देश्यले स–साना परियोजनाका साथै दुईवटा पूर्वाधार सम्मेलन समेत सफलता पूर्वक सम्पन्न गरेको उल्लेख गर्नु हुँदै उद्योगको उत्पादन वृद्धि, गुणस्तर सुधार गर्ने उद्देश्यले “औद्योगिक एक्सिलेन्स केन्द्र (CNI-Industrial Excellence Center) ” को सञ्चालनको काम अघि बढाउने गरी कार्यक्रम समेत सञ्चालन गरेको सन्दर्भ उल्लेख गर्दै सो को लागि युरोपियन दूतावासबाट समेत सहयोगको व्यवस्थाको लागि राजदूत समक्ष प्रस्ताव गरेका थिए ।

उक्त भेटवार्ताको अवसरमा परिसंघका पदाधिकारीहरु र गभर्निङ्ग काउन्सीलका सदस्यहरु समेतको उपस्थिति थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको