Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित

अर्थ संसार

शनिबार, ०१ भदौ २०८१, १९ : ५६ मा प्रकाशित

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित

श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।

डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।
श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।

हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।

डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी–२० मा ४८० रन बनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको