Like us!
Follow us!
Connect us!
Watch us!

रु एक अर्बको हाराहारीमा राजस्व असुली

विहीबार, २८ मंसिर २०७४, ११ : १६ मा प्रकाशित

रु एक अर्बको हाराहारीमा राजस्व असुली

अर्थ संसार, रसुवा – उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

सरदरमा दैनिक रु एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताउनुभयो ।

भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको