Like us!
Follow us!
Connect us!
Watch us!

स्टकको आगलागी छानबिन समिति गठन, होला त दोषीमाथि कारवाही ?

शुक्रबार, २९ मंसिर २०७४, १३ : १० मा प्रकाशित

स्टकको आगलागी छानबिन समिति गठन, होला त दोषीमाथि कारवाही ?

काठमाडौँ, सरकारले नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  

 सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिनुभयो । समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन ।

आगलागीका कारण स्टकको रु ७० लाखभन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सलेसमेत छानबिन शुरु गरेको छ । “थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिकरुपमा शुरु भएको छ” –पराजुलीले भन्नुभयो ।

 उता आगलागीका कारण बिहिबार केही समय बन्द भएको धितोपत्र बजार भने सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार एक घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि आज १३ बजेदेखि शुरु भएको थियो ।

वामगठबन्धनको सरकार गठन हुने र राजनीतिक स्थिरता हुने लक्ष्यका साथ बजार बढ्न लागेको बेला स्टकमा आगो लागेको हो । आगलागीको कारण बारे हालसम्म स्टकका उच्च अधिकारीले केही बताएका छैनन् ।

बिहिबार बजार  साँझ १७ बजेसम्म खुला रहेको थियो । स्टककाअनुसार आज कुल १५३ कम्पनीको १४ लाख ८४ हजार ३६१ कित्ता सेयर रु ४५ करोड ३१ लाख ४४ हजार ९२९ मूल्यमा कारोबार भएको थियो ।

 बजार बढ्न थालेको समस्या भ्याटको चर्चा पुन चलाइएको छ । वामगठबन्धनले सरकार बनाएपछि बजार प्रभावित हुन सक्छ भन्न्ो हल्ला साम्य नहुँदै पुनः भ्याटकोर्चाा गरे बजार घटाउन केही स्वार्थी समूह लागिपरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको