Like us!
Follow us!
Connect us!
Watch us!

२३ अर्बको सेयर सूचीकृत

आइतबार, ०२ पुस २०७४, ०९ : १७ मा प्रकाशित

२३ अर्बको सेयर सूचीकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत असोज मसान्तसम्ममा २३ अर्ब रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २० करोड बराबरको साधारण सेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग असोज मसान्तसम्मको धितोपत्र बजार पुंजीकरणको अनुपात ६९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो अनुपात ८८.९ प्रतिशत रहेको थियो ।

बजार पुंजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८३.८ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.८ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.५ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्ममा कुल सेयर कारोबार रकममा ५७ प्रतिशतले कमी आई ६ अर्ब ६४ करोड रुपैयाँ हुन पुगेको छ । कारोबार रकम गत वर्षको सोही अवधिमा १२३.३ प्रतिशतको वृद्धि भई १५ अर्ब ४५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असोज मसान्तमा १९६ रहेको छ । २०७३ असोज मसान्तमा यस्तो संख्या २२३ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको केन्द्रीय बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बिमा कम्पनीसमेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।

नेप्सेमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य ३४.४ प्रतिशतले वृद्धि भई २०७४ असोज मसान्तमा २९८ अर्ब ५१ करोड पुगेको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको