Like us!
Follow us!
Connect us!
Watch us!

भक्सवागनद्वारा यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र संचालनमा, यस्ता छन सेवाहरु

आइतबार, ०२ पुस २०७४, ११ : ३९ मा प्रकाशित

भक्सवागनद्वारा यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र संचालनमा, यस्ता छन सेवाहरु

अर्थ संसार, काठमाडौं– पूजा इन्टरनेशनल नेपाल प्राइभेट लिमिटेड भक्सवागनका लागि आधिकारिक आयतकर्ताले  आफ्ना ग्राहकहरुलाई बिक्रीपaछिको सेवा अझ सहज एवं स्तरीय रुपमा प्रदान गर्ने उद्देश्यका साथ ज्वागल, पाटनमा अवस्थित यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र संचालनमा ल्याएको छ ।

यस नयाँ आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकहरुले मर्मत सम्भार सम्बन्धी सेवाका अतिरिक्त भक्सवागनका सक्कली पार्टपुर्जाहरु एवं सामानहरु पनि प्राप्त गर्न सक्नु हुनेछ ।

̎हामी भक्सवागन समुह सदैव ग्राहकहरुलाई अतिरिक्त सेवा प्रदान गर्ने सम्बन्धमा दत्तचित्त भैरहने गर्दछौं । बिक्री पछिको सेवा त्यसैको एक उपलब्धी हो ।

भक्सवागन हाँक्नु हुने र खरीद गर्नु हुने हाम्रा गाहकहरुले प्राप्त गर्नु भएको अत्याधिक सन्तुष्टिलाई मध्यनजर राख्दै वहाँहरुलाई आफ्नो यात्राको दौरानमा सर्भिसिङको समेत भरपर्दो भक्सवागन अनुभव प्रदान गर्नु हाम्रो एकमात्र चाहना भएकै कारण हामीले आधिकारिक सर्भिस सेन्टरको विस्तार गरेका हौं ।

हामी यसप्रकारको आधिकारिक सर्भिस केन्द्रहरुलाई नेपालको अन्य स्थानहरुमा पनि क्रमशः विस्तार गदैृ लैजानेछौं । ̎ नयाँ आधिकारिक सर्भिस स्टेशनको उद्घाटन गर्दै पूजा इन्टरनेशनल नेपाल प्रा.लि. प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले स्टेशन विस्तार गर्नुको उ२ेश्य बारे प्रकाश पार्नु भयो ।

यस विशेष अवसरमा भक्सवागनले आफ्ना ग्राहकहरुलाई निःशुल्क कार जाँच र धुलाईको अफर प्रदान गरेको छ । कम्पनीले यो कुरामा पनि सुनिश्चित् गरेको छ कि जब कोही ग्राहक भक्सवागन सर्भिस केन्द्रमा पुग्नुहुन्छ, भक्सवागनको क्वालिटी र एक से एक सर्भिसका विकल्पहरु पाउनेमा ग्राहक निर्धक्क बन्न सक्नु हुनेछ । 

यसको शुरुवात् गाडीको सुरक्षादेखि लिएर दीर्घकालीन मोबिलिटीको ग्यारेन्टी समेत समावेश गरेर हुने गर्दछ । कारको लागि जे जस्तो प्रकारको सर्भिसको आवश्यकता पर्दछ, ग्राहकहरुले आफ्नो भक्सवागन कार सीपालु एवं सक्षम हातहरुमा परेकोमा ढुक्क हुन सक्नु हुनेछ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको