Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबारमा सामान्य सुधार

सोमबार, ०३ पुस २०७४, १५ : ३३ मा प्रकाशित

नेप्से र कारोबारमा सामान्य सुधार

अर्थ संसार, काठमाडौं– विगत केही दिन अघिदेखि निरन्तर घट्दै आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार भएको छ ।

नेप्से ०.८९ अंकले घटेपनि हिजोको तुलनामा आज नेप्से र कारोबार दुवैमा सामान्य सुधार आएको हो । हिजो अर्थात आइतबार ११ अंकले घटदा ५१ करोडको कारोबार भएको थियो ।

  तर, आज ०.८९ अंकले घट्दा ५६ करोड ८३ हजार २१ लाख ७ सय ७९ रुपैयाँको कारोबार भएको छ । १ सय ६३ वटा कम्पनीको १२ लाख २५ हजार ५४ कित्ता सेयर खरिदविक्री भएको छ ।

आज नेप्सेको उपसूचक मिश्रित रंङ्गले पोतिएको छ । १० उपसूचकमध्ये ६ वाट हरियो रंङ्गले पातिएको छ भने अरु रातो रङ्गले पोतिएको छ ।

आज होटल २.३६ अंक, ट्रेडिङ ६ अंक, हाइड्रोपावर १३.४४ अंक, फाइनान्स ३.३१ अंक, उत्पादन २१.४८ अंक र अन्य ८.६८ अंकले बढेको  छ ।

यता बैंक ३.०१ अंक, विकास बैंक १२.२१ अंक, इन्स्योरेन्स २५.५६ अंक र माइक्रोफाइनान्स २.०४ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a37921e57e5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको