Like us!
Follow us!
Connect us!
Watch us!

३७ करोडको आइपिओ निकाल्ने तयारी गर्दै शिवम् सिमेन्ट

मंगलबार, ०४ पुस २०७४, ११ : ३२ मा प्रकाशित

३७ करोडको आइपिओ निकाल्ने तयारी गर्दै शिवम् सिमेन्ट

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था अनुसार साधारण सेयर निष्काशन गर्ने भएको हो । धितोपत्र बोर्डले गतबर्ष मात्रै यस्तो व्यवस्था गरेको थियो । कम्पनीले प्रिमियम मूृल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ ।

कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा आइपीओ निष्कासनको विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको कुल जारी पुँजी ३ अर्ब ७० करोड मध्येको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिभमले जनाएको छ ।

कम्पनीले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी यसै साधारणसभाबाट प्रबन्धपत्र संशोधन गर्ने भएको छ ।

सन् २००९ मा स्थापनमा भएको शिवम् सिमेन्टस मकवानपुरको हेटौडामा रहेको यस कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको