Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ०९ : ०९ मा प्रकाशित

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद

मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको