Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १२ : १० मा प्रकाशित

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ।

फाउन्डेसनले सोमबार गोदावरीका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाहरू (वडा नम्बर ४, ७, ८, १० र १३) का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।

'संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो। हामी सबै एक ठूलो परिवारको रूपमा जोडिएका छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितहहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौँ । अब हामीले पुनर्स्थापना काम गर्नुपर्ने छ ।’  राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुँडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढी पहिरो पीडितहरूका लागि ठूलो सहयोग साबित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ ।एनसेल फाउन्डेसनले परिस्थितिको मूल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनर्स्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको