Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

बुधबार, ०५ पुस २०७४, ०८ : २७ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो ।

पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ ।

पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ ।

हाल निगमको मासिक घाटा रु १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको