मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९ गते अर्थात् आजदेखि कात्तिक १ गते बन्द गरिने भएको हो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि आज भोली र पर्सीसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।
दर्शन प्रालिका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । हिजो एक दिन भने केबलकार सञ्चालन गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस