Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पनि राताम्यै, सधै किन घटीरहेको छ बजार ?

बुधबार, ०५ पुस २०७४, १६ : ५९ मा प्रकाशित

सेयर बजार पनि राताम्यै, सधै किन घटीरहेको छ बजार ?

अर्थ संसार,काठमाडौँ – धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरो लाग्यो । यस साता कारोबार भएको आज चौथो दिन पनि बजारले गति लिन सकेन र ओरालो लाग्यो ।

बजार निरन्तर घटीरहेको बेला आज बजार बढ्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन । आज पनि बजार करिब १० अंकले ओरोलो लाग्यो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ९.२९ अंकले घट्दा नेप्से परिसूचक एक हजार  ४८४.४७ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक समेत २.०७ अंकले घटेर ३१२.६८ अंकमा झरेको छ ।

पछिल्लोपटक लगातार शेयर बजार घट्नुमा शेयर कारोबार गर्दा सदस्य दलाल कम्पनीले लिने कमिसनमा भ्याट लाग्ने बिषयले प्राथमिकता पाँउदा समस्या आएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाको ब्याज दर नघट्नु पनि कारकको रुपमा रहेको बताइएको छ ।

आज  शेयर बजारमा १५५ कम्पनीका नौ लाख ८३ हजार कित्ता शेयर रु ४२ करोड ४३ लाख मा कारोबार भएको छ । आज सबै उपसमूहका सेयर समेत ओरो लाग्दा बजार राताम्यै भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको