Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, ०६ पुस २०७४, ०९ : २४ मा प्रकाशित

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, पुस – चार कम्पनीको लाभांश सुरक्षित गर्ने दिन आज  अन्तिम दिन रहेको छ ।

मुक्तिनाथ विकास बैङ्क, सिभिल लघुवित्त वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स र रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरले पुस ७ गते बुक क्लोज गर्ने भएकाले आज नै सेयर स्वामित्व कायम गर्नुपर्ने भएको हो ।

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत बोनस सेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारितका लागि पुस १९ गते ११ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्थाले ४ दशमलव ५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २३६८४ प्रतिशत नगद लाभांश को प्रस्ताव पुस २१ गतेको छैठौ वार्षिक साधारण सभामा पेश गर्दैछ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले जारी पूँजी वृद्धिको प्रस्ताव सहित पुस २१ गते नै २१ औं वार्षिक साधारणसभा बोलाएको छ भने रुलर माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारितका लागि पुस २८ गते १९ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

यी चार कम्पनीले सभा र लाभांश प्रयोजनका लागि शुक्रवारदेखि सम्बन्धित कम्पनीको सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी सूचनामार्फत गराएका हुन ।

कम्पनीहरूले बुक क्लोज गरेको अघिल्लो दिनसम्म कायम रहेका सेयर  सदस्यहरूले साधारणसभा र लाभांशमा सहभागी हुन पाउनेछन् ।           

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको