Like us!
Follow us!
Connect us!
Watch us!

राधीको आइपिओ भर्नुभयो ? आज अन्तिम दिन, यहाँबाट आवेदन दिनुहोस्

विहीबार, ०६ पुस २०७४, ११ : ३७ मा प्रकाशित

राधीको आइपिओ भर्नुभयो ? आज अन्तिम दिन, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) को आवेदन दिनु भयो ? आज अन्तिम दिन हो । यही पुष ३ गते निष्काशन भएको आइपिओ आज अर्थात पुष ६ गते बन्द हुँदैछ ।

कम्पनीले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गरेको हो ।  पुष ३ गतेदेखि विक्री खुल्ला गरिएको साधारण सेयर छिटोमा पुष ६  गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ ।

कति आवेदन दिने ?

यस कम्पनीको साधारण् सेयर (आइपिओ) लगानीकर्ताले लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको