Like us!
Follow us!
Connect us!
Watch us!

पचास करोडको लगानीमा टायर उद्योग

विहीबार, ०६ पुस २०७४, १४ : ३७ मा प्रकाशित

पचास करोडको लगानीमा टायर उद्योग

अर्थ संसार, पथरी, मोरङ– भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ ।मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताउनुभयो । उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर रु दुई अर्ब ५० करोड पुर्याउने उहाँको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको बताउनुभयो । सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको