Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार किन निरन्तर घटिरहेको छ ?

विहीबार, ०६ पुस २०७४, १५ : ४६ मा प्रकाशित

सेयर बजार किन निरन्तर घटिरहेको छ ?

अर्थ संसार,काठमाडौँ – विगत केही दिन अघिदेखि सेयर बजार लगातार आरोलो लागिरहेको छ । लगानीकर्ता आज घटेपनि भोली बढ्ने आशामा बसेपनि भोली पनि त्यही आरोलो बाटो सेयर बजारले समात्दै आइरहेको छ ।

निरन्तर किन घटिरहेको छ, त सेयर बजार ?  पछिल्लोपटक लगातार सेयर  बजार घट्नुमा सेयर कारोबार गर्दा सदस्य दलाल कम्पनीले लिने कमिसनमा भ्याट लाग्ने बिषयले प्राथमिकता पाँउदा समस्या आएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाको ब्याज दर नघट्नु पनि कारकको रुपमा रहेको बताइएको छ ।निरन्तर घटिरहेको  धितोपत्र बजारमा नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ  । विगत केही दिन अघिदेखि आरोलो लागेको बजार आज पनि बजार करिब १२.३२ अंकले ओरोलो लागेको छ ।

आज  सेयर बजारमा १५३ कम्पनीका ९ लाख ९० हजार ९ सय ८ कित्ता सेयर खरिदविक्री हुँदा  ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रपैयाँको कारोबार भएको छ । 

आज उत्दान उपसमूह बाहैक अरु सबै उपसमूहका सेयर समेत ओरो लाग्दा बजार राताम्यै भएको हो । उत्पादन १४.९४ अंकले बढेको छ ।

यता बैंक ६.०२ अंक, ट्रेडिङ १.९४ अंक, होटल ११.१५ अंक, विकास बैंक १९.३५ अंक, हाइड्रोपावर २२.४७ अंक, फाइनान्स २.७८ अंक, इन्स्योरेन्स ७७.६१ अंक, माइक्रोफाइनान्स २१.०५ अंक र अन्य २३.१४ अंकले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको