Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार काजी श्रेष्ठ पुरस्कृत

विहीबार, ०६ पुस २०७४, १५ : ५५ मा प्रकाशित

सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार काजी श्रेष्ठ पुरस्कृत

अर्थ संसार, काठमाडौं –सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार काजी श्रेष्ठ पुरस्कृत भएका छन् । राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले सम्मान गरेका हुन् ।

सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरष्कृत गरेको बैंकले जानकारी दिएको छ । श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । श्रेष्ठ अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका उपसम्पादक एवंम् सहकारी खबर डटकमका सम्पादक  हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको